Prakash Adhikari April 22, 2024

काठमाडौं, १० बैशाख । नेपालको शेयर बजारले नयाँ बर्षमा पनि गति लिन सकेन । अघिल्लो साता निरन्तर घटेको शेयर बजार आइतबार केही उकासिएको थियो । तर त्यो बृद्धिले निरन्तरता पाउन सकेन । सोमबार नेप्से परिसूचक १५.४१ अंक घटेर १९६९.०२ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन विभिन्न थरीका ३ सय २० स्टकको ५६ लाख ५६ हजार कित्ता शेयर खरिदबिक्रीबाट २ अर्ब ५ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन पिपुल्स पावरको शेयर मूल्य सर्वाधिक ६.९१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन प्रभु सेलेक्ट फण्डको इकाईमूल्य ५.८० प्रतिशत बढेको छ भने कुमारी धनवृद्धि योजनाको इकाईमूल्य ५.३३ प्रतिशत बढेको छ। कारोबारमा प्रभु बैंक लिमिटेड डिबेञ्चर ४.९ प्रतिशतले,मानुषी लघुवित्त ४.२७ प्रतिशतले, विन नेपाल लघुवित्त ४.२५, एनआईसी एशिया ग्रोथफण्ड ३.७ प्रतिशतले, हिमालयन हाइड्रोपावर लिमिटेड ३ प्रतिशतले र लक्ष्मी भ्यालु फण्ड २ को मूल्य २.९४ प्रतिशतले बढेको थियो ।

यस दिन दोल्ती पावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.३७ प्रतिशत घटेको छ भने एनआईसी लघुवित्त वित्तीय संस्थाको ७.२४ प्रतिशतले, हिमालयन लघुवित्तको ४.७४ प्रतिशतले, मैलुड. खोला हाइड्रो पावर र सिर्जनशील लघुवित्तको ४.२५प्रतिशतले, गोर्खा फाइनान्सको ४.०८ प्रतिशतले, मनकामना स्मार्ट लघुवित्तको ४.०४ प्रतिशतले, एनआईसी एशियाको ४.०२ प्रतिशतले, समृद्धि फाइनान्स कम्पनीको ४ प्रतिशतले र म्यान्छिम हाइड्रो पावर लिमिटेडको ३.९५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ११ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन जोशी हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सर्वोत्तम सिमेन्टको करिब ६ करोडको शेयर किनबेच भएको छ। यस्तै यस दिन सोनापुन मिनरल्सको ४ करोड ८९ लाख,आईएमई लाईफको ४ करोड ६८ लाख, एनआईसी एशियाको ३ करोड ८४ लाख,पिपुल्स पावर लिमिटेडको ३ करोड ८२ लाख, शिभम सिमेण्टको ३ करोड ६५ लाख,पोखरा फाइनान्स ३ करोड ६० लाख र एनआईसी एशिया लघुवित्तको ३ करोड ४१ लाखको कारोबार भएको थियो ।

सोमबार शेयर बजारका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०२ प्रतिशत बढेको हो।

Share Now