Prakash Adhikari April 29, 2024

काठमाडौं, १७ बैशाख । शनिवार सम्पन्न उपचुनावको हाल भइरहेको मतगणनामा इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेद्वार सुहाड. नेम्बाड.ले निर्वाचित हुने लक्षण देखिएको छ ।

हालसम्मको मतगणनामा सुहाड. पहिलो स्थानमा हुनुहुन्छ । पछिल्लो परिणाममा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले उछिन्नुभएको छ।

पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्बाङ ११ हजार ७८ मतसहित पहिलो स्थानमा हुनुहुन्छ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ४ सय ५२ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

नेपाली कांग्रेसका डम्बर बहादुर खड्का तेस्रो स्थानमा झर्नुभएको छ। उहाँले ७ हजार ३ सय २४ मत पाउनुभएको छ ।

त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा हुनुहुन्छ। उहाँले अहिलेसम्म १ हजार ५ सय ९६ मत हासिल गर्नुभएको छ।

बझाङमा पनि एमालेलाई अग्रता

बझाङमा प्रदेश १(क)का लागि भएको निर्वाचनमा एमालेलाई अग्रता मिलेको छ । हालसम्मको मतगणना परिणाम अनुसार कांग्रेसभन्दा एमाले ३ सय ४२ मतले अगाडि छ ।

अब एउटा पालिका मात्रै गन्न बाँकी छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार बझाङ प्रदेश सभा (क) तर्फ नेकपा एमालेका दमनबहादुर भण्डारीले ११ हजार १ सय ३ मत हासिल गर्नुभएको छ ।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार ७ सय ६१ मत पाउनुभएको छ। दुई उम्मेद्वारबीचको मतान्तर ३ सय ४२ छ।

नेकपा माअ‍ोवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ७ सय ९७ मत ल्याउनुभएको छ भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १० मत ।

तलकोट गाउँपालिका मतगणना सकिएको छ। अब साइपाल गाउँपालिकाको मत मात्रै गन्न बाँकी छ।

Share Now