टोकियो(जापान), १७ बैशाख । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्नुहुने भएको छ । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको नेपाल भ्रमण घोषणा गरेको हो ।
“परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलङ्का र नेपालको भ्रमण गर्नेहुनेछ”, परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ ।
छ राष्ट्रको भ्रमणमा निस्कुनअघि परराष्ट्रमन्त्री कामिकावाले एक पत्रकार सम्मेलनमा ‘ग्लोबल साउथ’ र सात राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशहरूबीच सम्बन्ध विस्तारमा सेतुको रूपमा काम गर्ने बताउनुभएको थियो ।