Prakash Adhikari May 1, 2024

कीर्तिपुर(काठमाडौं), १९ बैशाख । नेपाल भ्रमणमा आएको वेष्ट इण्डिज ए क्रिकेट टिमले आज सम्पन्न नेपाल भ्रमण श्रृखला अन्तरगतको तेस्रो टी २० खेल जितेको छ । वेष्ट एण्डिज ए ले नेपाललाई ७६ रनले जितेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिड. रोजेको वेष्ट इण्डिजले नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

सो लक्ष्य नेपालले हासिल गर्न सकेन । नेपालले २० ओभरको निर्धारित खेलमा जम्मा १ सय ५१ रनमात्र जोड्न सक्यो । नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९,अनिल साहले १४, दीपेन्द्रसिंह ऐरीले ७गल्शन झा र कमल ऐरीले ६ ।६,आरिफ शेख,सागर ढकाल र विवेक यादवले ३ । ३ बनाए ।

नेपाललाई रोक्ने क्रममा वेष्ट इण्डिज ए का हेडन वाल्सले ३, गुणाकेश मोटिले २ तथा म्याथु फोर्ड, ओवेन म्याकवे र फेवियन एलेनले एक एक विकेट लिए ।

यस पहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिड। रोजेको वेष्ट इण्डिजको पाहुना टोलीले २० ओभरको खेलमा ३ विकेट गुमाउदै २ सय २७ रन जोडको थियो ।

उसको लागि ओपनर जोन्सन चाल्र्सले अविजित १ सय १९ रनको शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र ७ छक्काको मद्दतले १ सय १९ रन बनाए । आन्द्रे फिस्नरले सागर ढकालको बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट हुनुपहिले ३३ बलमा ५३ रन बनाए । फेबियन एलेन १९ रन बनाएको अवस्थामा करन केसीको बलमा दीपेन्द्रसिंह ऐरीबाटै क्याच आउट भए भने ओपनर एलिक अथनाज १७ रनमा रन आउट भए ।

वेष्ट इण्डिजलाई रोक्ने क्रममा नेपालका सागर ढकाल र करन के.सी.ले एक एक विकेट लिएका थिए।

यो जितसंगै पाहुना टोली वेष्ट एण्डिज ए ले नेपाल श्रृखलाका पाँच खेलमा दुई खेल जितेको छ र नेपालले एक । अब दुई खेल खेल्न बाँकी छ ।

Share Now