काठमाडौ, १० कार्तिक । ट््रेकिङ् एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)को आइतबार हुने निर्वाचनमा लोकतान्त्रिक तथा व्यवसायिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको मोहन लम्साल समूहले संस्थाको गरिमा उठाउने र व्यवसायिक हित संरक्षण गर्ने विषयलाई चुनावी मुद्दा बनाएको छ ।
समूहका तर्फबाट शुक्रबार अपरान्ह गोकर्ण हाउस क्षेत्रपाटीमा आयोजना गरिएको उम्मेद्वार घोषणा र घोषणापत्र सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा समूहका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार बन्नभएका मोहन लम्सालले भन्नुभयो, टानको गरिमा खस्केको छ, त्यसको अभिबृद्धि र सम्पूर्ण व्यवसायीहरुको हकहित नै हाम्रो समूहको चुनावी मुद्दा हो । हामी विजयी बनेपछि यसैलाई मार्गनिर्देशक सिद्धान्त बनाउने छौ ।
उहाँले पदयात्रा पर्यटन व्यवसायमा अहिले स्थानीय निकायले स्वेच्छिक तवरबाट लगाएको कर, मूल्य अभिबृद्धि कर लगायतका विषयमा वर्तमान कार्यसमितिले कुनै काम गर्न नसकेको पनि आरोप लगाउनुभयो ।
समूहले शुक्रबारै ३४ बूँदे घोषणापत्र सार्वजनिक गरेको छ ।
समूहले कर, व्यवसायिक हित, संस्थागत सुदृढीकरण, पर्वतीय पर्यटन पूर्वाधार विकास, सरोकारवालासंगको सम्बन्ध र पर्यटन प्रबर्धन जस्ता विषयहरुलाई घोषणापत्रमा समेटेको छ ।
समूहले मोटर जस्ता सबारीमा लाग्ने मूल्य अभिबृद्धि करलाई स्वीकारयोग्य मान्दै मानव भरिया र घोडा खच्चडमा लाग्ने ढुवानी खर्चमा लगाएको भ्याटको खारेजीको माग गरेको छ । आफ्नो समूहले जितेपछि दुर्गम स्थानका र भ्याटको दायरामा नपर्ने क्षेत्रमा भएका खर्चहरुलाई मिलान गर्ने सम्बन्धमा देखिएको असमझदारीलाई पनि कर प्रशासनसंग मिलेर सुल्झाउने लम्साल समूहले बताएको छ ।
समूहले प्रवेश शुल्क,स्थानीय कर,अनुमति पत्रलाई एकद्धारमा लैजाने र यस सम्बन्धी अप्ठ्यारालाई समाधान गर्ने, आरोही र पदयात्रीहरुको बीमा टानमार्फत गराउने, पदयात्री सूचना पद्धतिको स्थापना र प्रभावकारी कार्यान्वयनका लागि लिइएको टिम्स शुल्कको सदुपयोग गर्ने र नेपाल आउने हरेक विदेशी पर्यटक सुरक्षित रहने व्यवस्था गर्ने, पर्यटनहरुको उद्धारमा तदरुकता अपनाउने, टानका सदस्य व्यवसायीहरुको क्षमता अभिबृद्धि तथा अन्तराष्ट््िरय बजार विस्तारका कार्यक्रम सञ्चालन गर्ने विषय पनि लम्साल समूहले प्राथमिकतासाथ उठाएको छ ।
टानको पुनर्संरचना, पारदर्शिता, संस्थाको गरिमा अभिबृद्धि र क्राइसिस रेस्पोन्स टिमको स्थापनालाई पनि लोकतान्त्रिक तथा व्यवसायिक गठबन्धन समूहले अगाडि सारेको छ ।
यसैगरि विस्थापित पदमार्गका विकल्पमा नयाँ पदमार्गहरुको अध्ययन, विकास र विस्तार, जोखिमयुक्त पदयात्रा मार्गहरु सुरक्षित मार्गमा रुपान्तरणे, पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय निकाय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग,पर्यटन मन्त्रालय, पर्यटन क्षेत्रमा कार्यरत व्यवसायिक संस्थाहरुसंग समन्वयमा काम गर्ने विषयलाई पनि लम्सालको समूहले समेटेको छ ।
नेपालको पर्यटकीय उत्पादनहरुका बारेमा विश्वबजारलाई जानकारी दिन स्वदेशमा अन्तराष्ट््िरय स्तरका कार्यक्रम आयोजना गर्ने र विदेशमा आयोजना हुने पर्यटकीय मेला र सम्मेलनहरुमा संस्थागत सहभागिता जनाउने पनि समूहले जनाएको छ ।
समूहले नेपालको आर्थिक समृद्धिको आधारको रुपमा पर्वतीय पर्यटनलाई विकास गर्नको लागि राष्टिÇय स्तरका कार्यक्रम तर्जुमा र विकास गरी कार्यान्वयन गर्न तथा नेपाल सरकार र यस क्षेत्रमा चासो राख्ने कुनै पनि विदेशी संघ, संस्था र निकायसंग समन्वय गरी सहकार्य गर्न आफ्नो टीम सक्षम भएको पनि दावी गरेको छ ।
लम्साल समूहबाट वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्धितीय उपाध्यक्षमा निलहरि बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्रबहादर कार्की, कोषाध्यक्षमा सुवास केसी,सहकोषाध्यक्षमा किरण धरेल, सदस्यहरुमा शेरबहादुर परियार, तपन राजभण्डारी, नामग्याल जाड.बू शेर्पा, आड.्बाबु शेर्पा, जंगबहादुर लामा, सूर्यबहादुर थापा, कुलप्रसाद सुवेदी, सरोज कटेल र रितु ग्याम्दान चुनावी मैदानमा उत्रिनुभएको छ ।
घोषणापत्र सार्वजनिक गर्ते तथा उम्मेदवार घोषणा सभा कार्यक्रममा पर्यटन व्यवसायी सागर पाण्डे, केशव पाण्डे र रामशरण थपलियाले पनि टानको गरिमा पुनस्थापित गर्नका लागि लोकतान्त्रिक तथा व्यवसायिक गठबन्धनको विजय अपरिहार्य भएको बताउनुभएको थियो ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघका निवर्तमान अध्यक्ष आङ्छिरिङ् शेर्पा र पूर्व अध्यक्ष जिम्बाजाङ्बू शेर्पा, टानका पूर्व अध्यक्ष एवम् नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघका अध्यक्ष दीपक महत लगायत ठूलो संख्यामा पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।