काठमाडौं, ९ जेठ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक सााधारण सभा मिति जेठ २ गते बुधवार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौंमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण, सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९/०८० को वित्तिय विवरणहरु सहितको एकीकृत वित्तिय विवरण पारित गरेको छ।
सनल लाईले आर्थिक बर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रकम रु.३,२०,००,००,००० र (अक्षरुपी तीन अर्ब बीस करोड) को २३.८० प्रतिशतले हुन आउने रकम रु.७६,१६,००,०००/– (अक्षरुपी छयहत्तर करोड सोह्र लाख मात्र) बराबरको बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव यसै साधारण सभामा पेश गरेको थियो । कम्पनिले उक्त (वोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर सहित) प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने रकम रु.४,००,८४,२१०/– (अक्षरुपी चार करोड चौरासी हजार दुई सय दश मात्र) नगद लाभाँस वितरण गर्ने प्रस्ताव पारित गरको छ
साधारण सभाले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकमा श्री स्नेहा शर्मालाई निर्वाचित गरेको छ । यसका साथै साधरण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक बर्ष २०८०-८१ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक बर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट यस कम्पनीको चुक्ता पूँजी रकम रु.३,२०,००,००,०००(अक्षरुपी तीन अर्ब बीस करोड)को २३.८० प्रतिशतले हुन आउने रकम रु.७६,१६,००,०००/– (अक्षरुपी छयहत्तर करोड सोह्र लाख मात्र) बराबरको बोनश शेयर जारी गर्ने, बोनस शेयर जारी गर्दा चुक्ता पूँजी रु.३,९६,१६,००,०००।– (अक्षरुपी तीन अर्ब छयानब्बे करोड सोह्र लाख मात्र) कायम हुने भएकोले ५ अर्ब चुक्तापूँजी बुरयाउन कूल पूँजीको २७ प्रतिशत अर्थात (१ः०.२७) को अनुपातमा हकप्रद शेयर जारी गर्ने, वोनस शेयर वितरण र हकप्रद शेयर निश्कासन पश्चात अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने तथा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव पारित गरिएको छ ।
साधारण सभामा कम्पनीका अध्यक्ष अनुज कयालले कम्पनीको सुचाङ्क सन्तोषजनक रहेको तथा सोल्भेन्सी कायम रहेको, मूल्य अभिमुखी व्यवसायीक अभ्यास गरेको, नीतिगत व्यवसाय अनुमान, जोखिममा आधारित व्यवसाय गर्न प्रतिवद्घ रहेको र रुचिको कम्पनी बन्ने दिशामा कार्यरत रहेको जानकारी गराउदै आगामी दिनमा आर्थिक क्रियाकलाप संगै कम्पनीको व्यवसाय बढोत्तरी हुने विश्वास प्रकट गर्नु भएको छ ।