Prakash Adhikari May 23, 2024

 

काठमाडौं, १० जेठ । कुमारी क्यापिटल लिमिटेड र हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेड बीच “वे टु लिष्टिड.” सेवा उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।

कुमारी क्यापिटल लिमिटेडले “वे टु लिष्टिड.” सेवा अन्तर्गत नेपालमा प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सुचीकरण गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

सोही सेवा अन्तर्गत हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडलाइ आईपीओ जारी गरि सूचीकरणको चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडका तर्फबाट सञ्चालक सुनिलकुमार खेतान तथा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

नेपालको पर्यटन विकासमा टेवा पु¥याई बैदेशिक मुद्राको संचितलाई समेत बढावा दिने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रा.लि.भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रेन्चाइज अन्तर्गत सञ्चालन भइरहेको छ । सम्बन्धित निकायबाट चार तारेको अनुमति प्राप्त गरि यो होटल सञ्चालनमा रहेको छ । हाल परिवर्तित गण्डक, वहुवरी­ १४, बीरगञ्ज महानगरपालिकामा अवस्थित यस होटलले सुईट, डिलक्स, एक्जुकेटिभ र प्रेसिडेन्सियल गरि ६० वटा सुविधा सम्पन्न कोठाहरुका साथै जिम, क्यासिनो, स्विमिङ पुल, ब्याङ्क्विट् हल आदि सहित आरामदायी आवास, आधुनिक सुविधाहरू र न्यानो आतिथ्यताको साथ सेवा प्रदान गर्दै आइरहेको छ । भारतिय पर्यटकहरुलाई समेत लक्षित गरि विभिन्न व्यावसायिक योजनाहरु मार्फत आतिथ्यता प्रदान गर्दै आइरहेको छ ।

क्लार्क रिसोर्टले हाल भारतको जयपुर, लखनउ र आगरा सहित विभिन्न स्थानमा धेरै होटलहरू सञ्चालन गरिरहेको छ । कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिई चार तारेबाट स्तरोन्नति गरि पाँच तारे होटलमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ ।

 

 

 

 

 

 

 

 

Share Now