Prakash Adhikari May 23, 2024

काठमाडौं, १० जेठ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं. ०५ मा बुधबारदेखि नयाँ शाखा सञ्चालन गरेको छ ।

यससँगै बैंकको शाखा संख्या २ सय ७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जानकारी दिएको छ ।

बैंकका प्रदेश प्रमुख राजिव गजुरेलले भद्रपुरको नयाँ शाखाको उद्घाटन गर्नुभएको थियो ।उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख गजुरेलले नयाँ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधाहरु दिने प्रतिबद्धता गर्नुभयो ।

सफल बाणिज्य बैंकको रुपमा स्थापित नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ं२ सय ७२ शाखा कार्यालय, ६४ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखा रहित बैंकिङ र २ सय ६५ वटा एटीएम बुथमार्फत आफ्ना ग्राहकहरुलाई उत्कृष्ट, विश्वासिलो ,आधुनिक प्रविधियुक्त, ग्राहमैत्रीपूर्ण भरपर्दो बैकिड. सेवा दिइरहेको छ ।

 

Share Now