Prakash Adhikari June 9, 2024

 

काठमाडौं, २७ जेठ । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग (एमएसएमई) व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएआईडीसँग सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत युएसएआईडी ट्रेड एन्ड कम्पेटिटिभनेसले बैंकलाई नेपालभरका एमएसएमईहरुमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ ।

यस कार्यक्रममार्फत १० हजार नयाँ एमएसएमईलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन बित्तीय सहयोग गरिने बैंकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Share Now