आईसीसी पुरुष टी–२० विश्वकप २०२४: नेपाललाई हराउने नेदरल्याण्ड्स दक्षिण अफ्रिकाद्धारा ४ विकेटले पराजित
न्यूयोर्क(संयुक्त राज्य अमेरिका),२७ जेठ । आईसीसी पुरुष टी–२० विश्वकप २०२४ अन्तरगत संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा शनिवार सम्पन्न समूह डीको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।
नेपाल रहेको समूह डी को दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो । नेदरल्याण्ड्स त्यही टिम हो जसले टेक्सासको ड्याल्लासमा भएको विश्वकप क्रिकेटको खेलमा नेपाललाई पराजित गरेको थियो ।
न्यूयोर्कको रंगशालामा टस जितेर फिल्डिडं रोजको दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सले दिएको १ सय ४ रनको सामान्य लक्ष्य १८.५ ओभरमा ६ विकेटको क्षतिमा १ सय ६ रन जोडेर हासिल गर्यो ।
दक्षिण अफ्रिकाको लागि डेभिड मिलरले ५९, त्रिस्तान स्टभले ३३, हेनरिच क्लासेनले ४ , रिज ह्याड्रिक्स र मार्को जेनशनले ३ । ३ रनको योगदान गरे । क्याप्टेन एडेन मार्कराम, क्विन्टन डे कक र केशव महाराजले कुनै रन जोड्न सकेनन् ।
दक्षिण अफ्रिकालाई रोक्ने क्रममा नेदरल्यान्ड्सका लागि भिभियन किङ्मा र लोगान भान बिककले २ । २ विकेट लिए भने बास डी लिड्सले एक ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि साइब्रान्ड एंगलब्रेक्टले ४० रन, भान बिकले २३ रन, विक्रमजीत सिंहले १२, स्कट एडवर्ड्सले १० रन, बास डे लिडले ६, म्याक्स ओ दाउदले २ र पल भान मिकरिनले १ रन जोडे ।माइकल लेभिट, तेजा निदामनूरु र टिम प्रिड.गलले खाता खोल्न सकेनन् ।
नेदरल्याण्ड्सलाई रोक्ने क्रममा दक्षिण अफ्रिकाका लागि ओटनियल बारर्टम्यानले ४ विकेट लिए । मार्को जेन्सेन र एन्रिच नोर्टजेले समान २ । २ विकेट लिए ।
समूह डी मा दक्षिण अफ्रिकाको २ खेलबाट ४ अंक भएको छ । बंगलादेशको एक खेलबाट २ अंक छ । नेदरल्याण्ड्सको २ खेलबाट २ अंक छ । नेपाल र श्रीलंकाको अंकविहिन छन् ।