Prakash Adhikari June 13, 2024

 

न्यूयोर्क.(संयुक्त राज्य अमेरिका), ३१ जेठ । सहआयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै भारत जारी आईसीसी पुरुष टी २० विश्वकपको सुपर ८ मा पुगेको छ।

विश्वकपको २५ औं खेल अन्तरगत अमेरिकाकोे न्यूयोर्र्कमा भएको खेलमा संयुक्त राज्य अमेरिकाले दिएको १ सय ११ रनको लक्ष्य भारतले १८.२ ओभरमा ३ विकेटको क्षतिमा १ सय ११ रन जोडेर हासिल गरेको थियो ।

भारतको जितमा सूर्यकुमार यादवले ५०, शिभम् दुवेले ३१, ऋषभ पन्तले १८ र क्याप्टेन रोहित शर्माले ३ रनको योगदान गरे । विराट कोहली शून्य रनमा आउट भए ।

भारतलाई रोक्ने क्रममा अमेरिकाका सौरभ नेत्र भालकरले दुई तथा अलि खानले एक विकेट लिए ।

यस पहिले टस जितेर ब्याटिड. रोजेको अमेरिकाका स्टिभन टेलरले सर्वाधिक २४ रनको पारी खेले। त्यसपछि एन्ड्रिज गाउस र जशदीप सिंहले २ । २ रन , आरन जोन्स र शेड्ली भान स्चल्वेयकले ११ ।११ नितिश कुमार २७, कोरी एन्डरसन १५, हरमित सिंह १० रन जोडे। ओपनर सायन जहनगिर गोल्डेन डकआउट भए ।

अमेरिकालाई रोक्ने क्रममा भारतका अर्शदीप सिंहले ९ रन मात्र खर्चिएर ४ ओभरमा ४ विकेट झारे। हार्दिक पाण्ड्याको नाममा २ विकेट रह्यो भने अक्षर पटेलले १ विकेट झारे। महम्मद सिराज, जसप्रित बुमराह र शिवम् दुवे विकेटविहीन भए।

सुपर ८ मा  भारत, आयरल्यान्डलाई हराए अमेरिका पनि पुग्ने

ग्रुप एमा बलियो प्रदर्शन गरिरहेको अमेरिकाविरुद्धको जितसँगै भारत सुपर ८ मा पुग्न सफल भएको छ।

३ खेलमा ३ वटै जितसहित भारत ६ अंक बटुल्न सफल भएको छ भने अमेरिकाले ३ खेलमा २ वटा जितमार्फत ४ अंकसहित दोस्रो स्थानमा छ। तेस्रो र चौथो स्थानमा रहेका पाकिस्तान र क्यानडाको समान २ अंक भए पनि पाकिस्तानको रनरेट बढी छ।

जितविहीन आयरल्यान्ड भने दुवै खेल हार्दै शून्य अंकसहित ग्रुप एको पुछारमा छ। आयरल्यान्डले २ खेल खेल्न बाँकी हुँदा बाँकी टोलीले समान १ खेल खेल्न बाँकी छ।

शुक्रबार आयरल्यान्डविरुद्ध जित निकाले अमेरिका पनि सुपर ८ मा पुग्नेछ। यसले पाकिस्तान र क्यानडा दुवैको सुपर ८ पुग्ने सपनामा धक्का लाग्नेछ।

 

Share Now