Prakash Adhikari June 13, 2024

काठमाडौं, ३१ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एसिया कपको दोस्रो चरणको बन्द प्रशिक्षणमा २० सदस्सीय टोली घोषणा गरेको छ ।
क्यानले इन्दु वर्माको कप्तानीमा २० जनालाई समेट्दै दोस्रो चरणका लागि बुधबार नेपाली टोली घोषणा गरेको हो ।

बन्द प्रशिक्षणका लागि सुरुवाती चरणमा परेका ८ खेलाडी टोलीबाट बाहिरिएका छन् । सुरुवातमा टोलीमा अटाएका खुसी डंगोल, करुणा भण्डारी, संगीता राई, आरती महतो, सावित्रा धामी, यशोदा विष्ट , सोनी पाख्रिन र हेलिसा गुरुङ टोलीबाट बाहिरिएका छन् ।

एलिसा खडिया, हेलिसा गुरुङ, सावित्री धामी र राजमती ऐरी पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए । यी मध्य राजमती मात्र दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

श्रीलंकामा एसीसी महिला एसिया कप साउन ४ देखि १३ गतेसम्म हुने छ । नेपाल, भारत, पाकिस्तान र युएई समूह एमा छन् । समूह बीमा श्रीलंका, बंगलादेश, थाइल्यान्ड र मलेसिया छन् ।

नेपालले उद्घाटन खेलमा पाकिस्तानको सामना गर्नेछ । दोस्रो खेलमा नेपालले साउन ६ गते युएई र ८ गते भारतको सामना गर्नेछ । नेपाल एसीसी महिला प्रिमियर कपको शीर्ष चारमा रहँदै एसिया कपमा छनोट भएको हो ।

क्यानले दोस्रो चरणका कप्तान इन्दु वर्माको नेतृत्वमा रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, रुवि पोदार (विकेट किपर), अप्सरी बेगम, अश्मिना कर्माचार्य, राजमती ऐरी, एलिशा खडियालाई छनोट गरेको छ।

 

Share Now