Prakash Adhikari June 13, 2024

 

पुल्चोक(ललितपुर), ३१ जेठ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई सामुदायिक विद्यालयका भाडामा लगाएका सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको एकल इजलासले सटरमा ताला लगाउन काठमाडौँ महानगरपालिकालाई आदेश दिएको हो ।

बिहीबार तुलसीप्रसाद अगस्तीले दर्ता गरेको निवेदन उपर अदालतले यस्तो आदेश दिएको हो। अदालतले यहिँ असार ७ गतेसम्म सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । यसकासाथै अदालतले छलफलका लागि पनि महानगरलाई बोलाएको छ ।

केहि दिनयता काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले भाडामा लगाएका सटरमा ताला लगाइरहेको छ ।

महानगरले हालसम्म २७ विद्यालयका ३ सय ४० सटरमा ताला लगाइसकेको छ ।

विद्यायलका संरचना शैक्षिक प्रयोजनका लागि मात्र प्रयोग हुनुपर्ने दाबी गर्दै महानगरले सटर खाली गराइरहेको थियो ।

Share Now