काठमाडौं, १२ कार्तिक । ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल (टान)को नयाँ कार्यसमिति चयनका लागि आज चुनाव हुँदैछ ।
टान सचिवालयले दिएको जानकारी अनुसार आज अपरान्ह १ बजेदेखि बौद्धस्थित होटल ह्यातमा मतदान हुनेछ ।
चुनावमा प्रजातान्त्रिक र वाम गठबन्धनसम्बद्ध पर्यटन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रजातान्त्रिक र व्यवसायिक समूहको गठवन्धनबाट मोहन लम्सालले नेतृत्व गरेको समूह निर्वाचनमा भिडिरहेको छ भने वाम गठबन्धनबाट नवराज दाहालको नेतृत्वको समूह प्रतिस्पर्धामा उत्रेको छ ।
दुवै समूहले निर्वाचनको परिणामा आआफ्नो पक्षमा आउने दावी गरेका छन् ।
दुुवै पक्षले मतदाताहरुको भेला, उम्मेदवार परिचय कार्यक्रम र घोषणापत्रको सार्वजनिकीकरण जस्ता कार्यक्रम आयोजना गरि शनिवार बेलुकाबाट प्रचार अभियान समापन गरेका छन् ।
लोकतान्त्रिक गठबन्धनको लम्साल समूहले टानको गरिमा अभिबृद्धि र व्यवसायिक हितलाई प्रमुख मुद्दा बनाएको छ भने बामगठबन्धनले संस्थागत पुनर्संरचना र गरिमा अभिबृद्धिलाई नै प्राथमिकता दिएको छ । निवर्तमान कार्यसमितिमा बामगठबन्धनको बर्चश्व रहेको थियो ।
लम्साल समूहबाट वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्धितीय उपाध्यक्षमा निलहरि बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्रबहादर कार्की, कोषाध्यक्षमा सुवास केसी,सहकोषाध्यक्षमा किरण धरेल, सदस्यहरुमा शेरबहादुर परियार, तपन राजभण्डारी, नामग्याल जाड।बू शेर्पा, आड।्बाबु शेर्पा, जंगबहादुर लामा, सूर्यबहादुर थापा, कुलप्रसाद सुवेदी, सरोज कटेल र रितु ग्याम्दान चुनावी मैदानमा उत्रिएका छन् ।
वाम गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुसाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, महासचिवमा आङ्तेम्बा शेर्पा र सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना , सह९कोषाध्यक्षमा तारा राना सहित सदस्यहरुमा कविता लामिछाने, रविन्द्र अधिकारी,राजनबहादुर काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुड., सुकबहादुर लामा,हरिशरण खरेल र हर्कबहादुर गुरुड.मैदानमा उत्रिएका छन् । ।