Prakash Adhikari October 29, 2017

काठमाडौं, १२ कार्तिक । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणाली मार्फत हकप्रद भर्ने ब्यबस्था गर्न निर्देशन दिएको छ ।

बोर्डले सबै मर्चेन्ट बंकर र आस्वा सदस्यहरुलाई यस्तो ब्यबस्था गर्न निर्देशन दिएको हो ।

यसबाट हकप्रद निष्काशन प्रक्रिया थप सहज , समाबेशी तथा लगानीमैत्री हुने बोर्डले बिश्वास लिएको छ ।

त्यस्तै बोर्डले बिक्रि नभएको हकप्रद शेयरको लिलामी प्रक्रियामा उपत्यका बाहिरका केन्द्रबाट पनि आवेदन दिन सक्ने ब्यबस्था गर्न निर्देशन दिएको छ ।

बोर्डले कम्तिमा उपत्यका बाहिरका प्रमुख केन्द्रहरु विराटनगर, विरगंज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीवाट आवेदन दिन सक्ने व्यवस्था गर्न निर्देशन दिएको हो । यस बाट धितोपत्र बजार सुदृढ हुनुको साथै बजार देशब्यापी हुने बोर्डले अपेक्षा गरेको छ ।

यद्यपि बोर्डले कहिलेसम्म यस्तो ब्यबस्था गरीसक्नु पर्ने हो सो भने खुलाएको छैन ।

 

Share Now

Leave a comment.