Prakash Adhikari October 30, 2017

काठमाडौं, १३ कार्तिक । ट्रेकिङ ब्यवसायीहरुको छाता सङ्गठनकाृ रुपमा रहेको ट्रेकिङ् एजेन्सिज् एशोसियसन अफ नेपाल(टान)को आइतबार काठमाडौंमा सम्पन्न ३९अौ साधरण सभामा भएको निर्वाचनमा मिश्रित परिणाम आएको छ ।

अध्यक्षमा बामपन्थी गठबन्धनबाट उठ्नुभएका नवराज दाहाल निर्वाचित हुनुभएको छ भने वरिस्ठ उपाध्यक्षमा लोकतानित्रक गठबन्धनबाट उठ्नुभएका खुम सुवेदी निर्र्वाचित हुनुभएको छ ।

त्यसैगरि बाम गठबन्धनका जीवन थापा प्रथम उपाध्यक्षमा निर्वाचित हुनुभएको छ भने द्धितीय उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनका निलहरी बास्तोला निर्वाचित हुनुभएको छ । अन्य पदाधिकारीहरुमा बामगठबन्धनले विजय हासिल गरेको छ । महासचिवमा बामगठवन्धनका आङ्पेम्बा शेर्पा, सचिब सुजन लामिछने, कोषाध्यक्ष रामकृष्ण तिमिल्सिना, सहकोषाध्यक्ष तारा राना विजयी हुनुभएको छ ।

सदस्यहरु, रविन्द्र अधिकारी, राजनबहादुर काप्री, गोपाल श्रेष्ठ, बाबुराम गुरुङ, शेरबहादुर परियार, रितु ग्याम्दान, जंगबहादुर लामा र शुकबहादुर लामा विजयी हुनुभएको छ ।

सदस्यहरुमा शेरबहादुर परियार, जंगबहादुर लामा र ऋतु ग्याम्दान लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बन्नुभएको थियो भने रविन्द्र अधिकारी, राजन काप्री, गोपाल,श्रेष्ठ, बाबुराम गुरुड.्, र शुकबहादुर लामा बामगठबन्धनबाट उम्मेद्वार बन्नुभएको थियो ।

पदयात्रा र पर्वतारोहण व्यवसायमा संलग्न व्यवसायीहरुको यस संगठनमा झण्डै १ हजार ५ सय एजेन्सीहरु सदस्य रहेका छन् ।

Share Now

Leave a comment.