काठमाडौं, ५ आषाढ । हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच हिमालयन बैंकको थप शेयर सार्वजनिक निष्काशनको लागि संझौता भएको छ ।
दुई संस्थाबीच सम्पन्न सार्वजनिक निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतामा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा हिमालयन बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।


















