ब्रिजटाउन (बार्बाडोस, वेष्ट इण्डिज), १५ आषाढ । आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध दक्षिण अफ्रिकालाई तेस्रो झड्का लागेको छ।
नवौँ ओभरको पाचौँ बलमा ट्रिष्टन स्टुब ३१ रन बनाउँदा अक्षर पटेलको बलमा बोल्ड आउट भए।
दक्षिण अफ्रिकाले दोस्रो विकेटका रुपमा तेस्रो ओभरको तेस्रो बलमा कप्तान एडेन मारक्रमलाई ४ रनमा गुमाएको थियो। पहिलो विकेटका रुपमा दक्षिण अफ्रिकाले दोस्रो ओभरको तेस्रो बलमा ओपनर रिजा हेनड्रिकलाई ४ रनमा गुमाएको थियो।
भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ११.२ ओभरमा ३ विकेटको क्षतिमा १०० रन बनाएर खेलिरहेको छ।
भारतका लागि जसप्रित बुमराह, अक्षर पटेल र अर्षदिप सिंहले समान एक विकेट लिए।


















