Prakash Adhikari June 29, 2024

ब्रिजटाउन (बार्बाडोस, वेष्ट इण्डिज), १५ आषाढ । आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध दक्षिण अफ्रिकाले दोस्रो विकेट गुमाएको छ।

दक्षिण अफ्रिकाले तेस्रो ओभरको तेस्रो बलमा कप्तान एडेन मारक्रमलाई ४ रनमा गुमाएको हो।

यस पहिले दक्षिण अफ्रिकाले पहिलो विकेटका रुपमा दोस्रो ओभरको तेस्रो बलमा ओपनर रिजा हेनड्रिकलाई गुमाएको थियो।

भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.३ ओभरमा २ विकेटको क्षतिमा ७० रन जोडेको छ ।

भारतका लागि जसप्रित बुमराह र अर्षदीप सिंहले समान एक एक विकेट लिए।

Share Now