ब्रिजटाउन (बार्बाडोस, वेष्ट इण्डिज), १५ आषाढ । आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतलाई पाँचौ सफलता मिलेको छ ।
भारतलाई यो सफलता हार्दिक पाण्डेयले दिलाएका हुन् । उनले दक्षिण अफ्रिकाका ह्यानरिक क्लासिनलाई आउट गराए । उनले १६.१ ओभरमा ५२ रन बनाएका क्लासिनलाई आउट गरेका थिए ।
यस पहिले भारतलाई अर्षदीप सिंहले चौथो विकेट दिलाएका थिए ।
उनले १२।३ ओभरमा दक्षिण अफ्रिकाका क्विनटन डे ककलाई ३९ रनमा आउट गरेका थिए ।
यस अगाडि नवौँ ओभरको पाचौँ बलमा ट्रिष्टन स्टुब ३१ रन बनाउँदा अक्षर पटेलको बलमा बोल्ड आउट भएका थिए ।
दक्षिण अफ्रिकाले दोस्रो विकेटका रुपमा तेस्रो ओभरको तेस्रो बलमा कप्तान एडेन मारक्रमलाई ४ रनमा गुमाएको थियो। पहिलो विकेटका रुपमा दक्षिण अफ्रिकाले दोस्रो ओभरको तेस्रो बलमा ओपनर रिजा हेनड्रिकलाई ४ रनमा गुमाएको थियो।
भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.३ ओभरमा ५ विकेटको क्षतिमा १५३ रन बनाएको छ ।
भारतका लागि जसप्रित बुमराह, अक्षर पटेल र अर्षदिप सिंहले समान एक विकेट लिए।


















