ब्रिजटाउन (बार्बाडोस, वेष्ट इण्डिज), १५ आषाढ । आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतलाई छैठौं सफलता मिलेको छ ।
भारतलाई यो सफलता जसप्रित बुम्राहले दिलाएका हुन । उनले १७.४ ओभरमा दक्षिण अफ्रिकाका मार्को जान्सनलाई आउट गरेका हुन् ।
यस पहिले हार्दिक पाण्डेयले भारतलाई पाँचौ विकेट दिलाएका थिए । उनले दक्षिण अफ्रिकाका ह्यानरिक क्लासिनलाई आउट गराए । उनले १६.१ ओभरमा ५२ रन बनाएका क्लासिनलाई आउट गरेका थिए ।
यस पहिले भारतलाई अर्षदीप सिंहले चौथो विकेट दिलाएका थिए ।
उनले १२।३ ओभरमा दक्षिण अफ्रिकाका क्विनटन डे ककलाई ३९ रनमा आउट गरेका थिए ।
यस अगाडि नवौँ ओभरको पाचौँ बलमा ट्रिष्टन स्टुब ३१ रन बनाउँदा अक्षर पटेलको बलमा बोल्ड आउट भएका थिए ।
दक्षिण अफ्रिकाले दोस्रो विकेटका रुपमा तेस्रो ओभरको तेस्रो बलमा कप्तान एडेन मारक्रमलाई ४ रनमा गुमाएको थियो। पहिलो विकेटका रुपमा दक्षिण अफ्रिकाले दोस्रो ओभरको तेस्रो बलमा ओपनर रिजा हेनड्रिकलाई ४ रनमा गुमाएको थियो।
भारतका लागि जसप्रित बुमराह, अक्षर पटेल र अर्षदिप सिंहले समान एक विकेट लिए।


















