Prakash Adhikari June 30, 2024

 

ब्रिजटाउन (बार्बाडोस), १६ आषाढ(एजेन्सी) । आईसीसी पुरुष टी २० विश्वकप २०२४ मा आफ्नो देशलाई उपाधि दिलाउन सफल भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले विश्वकप उपाधिउचालेकै समारोहमा अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

विश्वकप क्रिकेटमा सहभागिता जनाइरहेको टीम र आफ्नो राष्ट्रको जितमा विश्वभर रहेका भारतीय नागरिक र भारतीय मूलका नागरिकहरुले खुसी मनाइरहेका बेला क्रिकेटका यी शीर्ष व्यक्तित्वहरुले सन्यासको घोषणा गरेका हुन् । आफ्नो टिमलाई जिताउने मात्रै होइन, टिममा पनि राम्रो प्रदर्शन गर्दै उनीहरुले ह्याप्पी रिटायरमेन्ट लिएका हुन् ।

’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक क्षण आनन्द लिए। विदा लिने यो‌ उपयुक्त समय हो।’

शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टि ट्वान्टी विश्वकप जितेको थियो। यसअघि भारत सन्‌ २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बनेको थियो। रोहित त्यतिबेला पनि टोलीका सदस्य थिए ।

आफूले चाहेको सफलता पाएको उल्लेख गर्दै भने, ‘म यो उपाधि जित्न चाहन्थे। सन्चारकर्मीलाई पनि धन्यवाद दिन चाहन्छु।’

उनले उपाधि टोलीका प्रशिक्षक राहुल द्रविडलाई समर्पित गरेको बताए । ‘उहाँले पछिल्लो २०र२५ वर्ष भारतीय क्रिकेटका लागि योगदान गर्नुभएको थियो। यो पाटो छुटेको थियो। उनका लागि हामीले यो सफलता दिलाउन सकेकोमा पुरै टोलीकातर्फ खुसी व्यक्त गर्दछु।,’

अब नयाँ पुस्ता

यस अगाडि भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टी २० आई क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरेका थिए।

भारतलाई दोस्रो पटक टी२० विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए।

सेमिफाइनलसम्म खासै प्रदर्शन देखाउने मौका नपाएका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए।

भारतले १७ वर्षपछि टि ट्वान्टी र १३ वर्ष आइसिसीको‌ उपाधि जितेको हो। सन् २००७ मा टी ट्वान्टी र पछिल्लो पटक २०११ मा एस दिवसीय विश्वकपको उपाधि जितेको थियो। एक दिवसीय विश्वकप जित्दा टोलीको सदस्य रहेका विराटको यो पहिलो टी ट्वान्टी विश्वकप उपाधि हो।

छैटौं पटक टी ट्वान्टी विश्वकप खेलेका विराटले प्लेयर अफ बनेपछि भने ‘यो सन्यास लिने सही समय हो। अब नयाँ पुस्ताले अगाडि बढाउनु पर्छ । यो‌ मेरो अन्तिम टी ट्वान्टी विश्वकप हो ।’

Share Now