Prakash Adhikari July 3, 2024

लसभेगास(संयुक्त राज्य अमेरिका), १९ आषाढ(एजेन्सी) । कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिका कप २०२४ को क्वार्टरफाइनलमा पुगेको छ।

अमेरिकामा जारी कोपा अमेरिका कप २०२४ मा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १ १ को बराबरी खेलेको हो।

लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो।

अपराजित रहेको ब्राजिलको समान खेलमा ५ अंक रह्यो ।४ अंक जोडेको कोस्टारिका र अंकविहीन पाराग्वे प्रतियोगिताबाट बाहिरिएका छन् ।

१२औं मिनेटमै राफिन्हाले फ्रिकिकमार्फत् गोल गर्दै दिलाएको अग्रतालाई ब्राजिलले जोगाउन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा डेनियल मुनोजले बराबरी गोल गरेका थिए। जोन कर्डोबाको पासमा मुनोजले गोल गरेका हुन्।

क्वाटरफाइनलमा ब्राजिलले उरुग्वे तथा कोलम्बियाले पानामाको‌ सामना गर्नेछ। अन्य क्वाटरफाइनलमा अर्जेन्टिना र इक्वेडर तथा क्यानडा र भेनेजुएलाबीच प्रतिस्पर्धा हुनेछ।

Share Now