Prakash Adhikari July 3, 2024

 

काठमाडौं, १९ आषाढ । आज नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने रणनीति तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने तय भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको विकासक्रमबारे छलफल हुनेछ।

कार्य सम्पादन समितिको बैठकमा सरकार गठनको प्रक्रिया, न्यूनतम साझा कार्यक्रम र संभावित मन्त्रीहरुको बारेमा पनि छलफल हुनसक्ने बताएको छ ।

Share Now