काठमाडौं,२४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा ३ जनालाई मनोनित गरेका छन्।
देउवाले बिहीबार लम्जुङका दिलबहादुर घर्ती, दाङकी शिला खड्का र काभ्रेपलाञ्चोकका शिव हुमागाइँलाई केन्द्रीय सदस्य मनोनित गरेका हुन ।
घर्ती कोइराला क्याम्का, शिला खड्का खुमबहादुर खड्की पत्नि रहेकी र शिव हुमागाँई कृष्णप्रसादसिटौला उपसमूहमा रहेका छ ।
१३ औं महाधिवेशन सकिएको दुइ वर्षपछि देउवाले केन्द्रीय समितिमा तीन जनालाई मनोनित गरेका हुन्। अझै एक जना मनोनित गर्न बाँकी छ।
कांग्रेस विधानअनुसार सभापतिले २१ जनालाई केन्द्रीय समितिमा मनोनित गर्न पाउँछन्। सभापतिसहित निर्वाचित र मनोनित गरी कांग्रेसमा ८५ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्य हुन्छन्।