Prakash Adhikari June 7, 2018

काठमाडौं,२४ जेठ । नेपाल कम्यनुिष्ट पार्टी (नेकपा) ले दर्ताको पत्र पाएको छ। नेकपाका महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ र देव गुरुङ दर्ताको पत्र लिन निर्वाचन आयोग पुगेका थिए।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दल दर्ताको पत्र नेकपाका नेताहरुलाई दिएका हुन्। बुधबार बसेको आयोगको बैठकले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गरि नेकपाको रुपमा दर्ता गर्ने निर्णय गरेको थियो।

Share Now

Leave a comment.