Prakash Adhikari June 7, 2018

 

नयाँ दिल्ली(भारत), २४ जेठ । नेपाल वायु सेवा निगमको नियमित उडानको सगरमाथा जहाज बुधबारदेखि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको छ ।

जहाजको इन्जिनमा खराबी देखिएपछि काठमाडौंबाट यात्रु लिएर गएको सो जहाज दिल्लीको एअरपोर्टमा नै थन्केको हो ।

सो विमानको क्याप्टेन बस्ने सीट नजिक(ककपिट)को शिसाको विण्डोसिल फुटे पछि केहीदिन काठमाडौंमा नै भूमिस्थ भएको थियो । विण्डोसीलको मर्मत गरेर दिल्ली उडान गरेपछि विमानमा अर्को समस्या थपिएको हो ।

निगमको उच्च स्रोतले दिएको जानकारी अनुसार यो त्यही विमान हो जसको इञ्जिनको नियमित मर्मत संभारको लागि समयमा मर्मत संभार गर्ने कम्पनी छान्न नसकेर पुसदेखि २ महिना दिल्लीमा थन्किएको थियो ।

सो विमानको इञ्जिन मर्मत गर्न दिएर मासिक २ करोड रुपैयाँ तिर्ने गरी इन्जिन भाडामा लिएर चलाइएको थियो । निगम सूत्रका अनुसार निगमले सो आफ्नो इञ्जिन मर्मत गरेर प्रतिस्थापन गरेपछि यो समस्या आएको हो । निगमको वर्तमान व्यवस्थापनको अधिक ध्यान जहाजहरुको सुसञ्चालनमाभन्दा खरिद िबक्री र मर्मतसंभारको बिल सिर्जना गरि कमिशन खाने र बाँड्नेमा केन््िरद

एयरबस ग्राउन्डेड भएपछि निगमले दिल्लीबाट यात्रु ल्याउनका लागि बोइङ सेभेन फाइभ सेभेन पठाएको थियो । ग्राउन्डेड भएको विमान निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरि २०७१ माघ २५ गते काठमाडौं एअरपोर्ट उतारिएको थियो ।

विगतमा २ महिना विमान भूमिस्थ हुँदा भएको नोक्सानीको छानवीन गर्न मन्त्रालय र निगमभित्रै आवाज उठिरहेको बेलामा भर्खर मर्मत गरि ल्याएको इञ्जिनमा देखिएको समस्याले थप जटिल अवस्था सिर्जना गरेको छ । उड्डयनसंग संबन्धित विज्ञहरुका अनुसार वर्तमान व्यवस्थापनले जहाज उडाएर खरिद गर्दा लिएको ऋण चुक्ता गर्ने अवस्थामा संस्थालाई पुर्याउन सक्ने स्थिति देखिदैन ।

Share Now

Leave a comment.