बीरेन्द्रनगर(सुर्खेत), २० साउन । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ। नेपाली कांग्रेसको संसदीय दलका राजीव शाहको नेतृत्वमा कांग्रेसले चार मन्त्री सरकारमा पठाएको छ ।
नेपाली कांग्रेसका तर्फबाट नियुक्त चार प्रदेश मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालय पठाएको थियो।
जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा हुनुहुन्छ।
नवनियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण गर्नुहुने छ ।
कर्णालीमा एमालेका यामलाल कँडेल हुनुहुन्छ ।