Prakash Adhikari June 15, 2018

काठमाडौं, १ असार । भूकम्पलगत्तैको लाङटाङ, बीच अवधिको लाङटाङ र पछिल्लो अवधिको लाङटाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङटाङ जर्नी स् ट्रेजेडी टु इन्स्पिरेसन’ शीर्षकको वृत्तचित्र राजधानीमा प्रदर्शनी भएको छ ।

लाङटाङ सद्भावना दूत अशोक सिलवालको आयोजनामा राजधानीमा सम्पन्न सो कार्यक्रममा सिलवालले ‘घर फर्किरहेका मान्छे’ र ‘लाङटाङ अपडेट स् वेकिङ एन्ड वाकिङ्’ शीर्षकका दुई वृत्तचित्र प्रदर्शन गरे। सो अवसरमा उनले भूकम्पपछि पटक पटक लाङटाङ जाँदाको रोचक र मार्मिक अनुभव पनि सुनाए।

‘घर फर्किरहेका मान्छे’ शीर्षकको पहिलो वृत्तचित्रमा सिलवालले उनीसँगै लाङटाङ फर्किंदै गरेका स्थानीयको कथालाई समेटेका छन्। दोस्रो वृत्तचित्र ‘लाङटाङ अपडेट स् वेकिङ एन्ड वाकिङ्’ भूकम्पपछि लाङटाङ ट्रेक गर्दै गरेको पहिलो विदेशी पदयात्री समूहको सुसांकेतिक कथा हो। मृत्युबाट जीवनमा फर्केको लाङटाङको लयलाई कार्यक्रममार्फत देखाउने आफ्नो प्रयास भएको उनले बताए।

टुर( ट्रेकिङ गाइड एवम प्रशिक्षक समेत रहेका सिलवालले वृत्तचित्र, आलेख, अन्तर्वार्ता आदिको माध्यमबाट भूकम्पपछिको लाङटाङको वस्तुस्थितिलाई प्रकाशमा ल्याई पदयात्रा पर्यटनमा आधारित त्यहाँको हिमाली जीवनलाई पुरानै लयमा फर्काउन महत्वपूर्ण योगदान पुर्याएका थिए

Share Now

Leave a comment.