
धनगढी(कैलाली),१ असार । प्रदेश ७ को सरकारले २५ अर्ब ६ करोडको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले शुक्रबार प्रदेशसभामा २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट पेश गरेका हुन् ।
बजेटमा चालुतर्फ १३ अर्ब ३५ करोड ८ लाख १ हजार र पुँजीगततर्फ ११ अर्ब ७१ करोड ४८ लाा १३ हजार बजेट विजियोजन गरिएको छ ।
प्रदेश सरकारले ४९ करोड ३० लाख आन्तरिक राजश्व संकलनको लक्ष्य पदएको छ ।
केन्द्र सरकारले दिएको वित्तीय समानीकरण अनुदान र चालु आर्थिक बर्षको विनियोजनबाट बचत हुने गरी ८ अर्ब ४७ करोड ४६ लाख ५३ हजार छ ।
राजश्व बाँडफाँटबाट आउने ७ अर्ब ५७ करोड १ लाख ६१ हजार र सर्शत अनुदानबाट प्राप्त हुने ६ अर्ब ३२ करोड ७८ लाख र समपुरक अनुदान २ अर्ब र विशेष अनुदानबाट २० करोड प्राप्त हुनेछ ।
https://drive.google.com/file/d/1rUO9W8QykjxU5oCZjEDW5BYqp2XGd34K/view?usp=sharing