Prakash Adhikari June 15, 2018

सुर्खेत,१ असार, । कर्णाली प्रदेशले आर्थिक वर्ष ०७५-७६ का लागि २८ अर्ब २८ करोड , २८ लाख २८ हजारको वजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्चतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पूँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार विनियोजन गरिएको छ ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोतमध्ये राजस्वबाट ५० करोड, चालु आर्थिक वर्षको बाँकीबाट ५० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटवापत आउने ५ अर्ब ५१ करोड ६६ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १३ करोड १४ लाख र सशर्त अनुदानबाट ६ अर्ब ६३ करोड ४१ लाख ५० हजार परिचालन गर्ने आर्थिक मामिला मन्त्री ज्वालाले उल्लेख गरेका छन् ।

त्यसैगरी समपूरक र विशेष अनुदानबाट ५ अर्ब प्राप्त हुने अनुमान गरिएको छ । कर्णाली सरकारले नपुग हुने १ अर्ब भने अन्तरिक ऋण उठाएर व्यहोर्ने जनाएको छ ।

कर्णाली सरकारले केन्द्र सरकार दाता र निजी क्षेत्रको सहकार्यमा ठूला आयोजना निर्माण गर्न २० अर्ब रुपैयाँ विनियोजन गरेको छ । जसमा भेरी बबइ डाइभर्सन, नलसिंगाड, जमुनाहा हिल्सा फास्ट ट्रयाक, हुम्ला र डोल्पा सदरमुकम जोड्ने रणनीतिक राजमार्ग, सुर्खेत बर्दिया सुरुङ मार्ग, सुर्खेत उपत्यका चक्रपथ, राप्ती राजमार्ग, मुसीकोट जमुनाहा नाका, जडीबुटी प्रशोधन केन्द्र, औषधि उद्योग, सिमेन्ट उद्योग, खनिज उद्योग, प्रादेशिक रंगशाला, एयर एम्बुलेन्स, पेट्रोलियम भण्डारण केन्द्र निर्माणलगायत योजना छन् ।

कर्णाली सरकारले जनता सडक कार्यक्रम अन्तर्गत सबै प्रादेशिक निर्वाचन क्षेत्रमा सडक आयोजनाको अध्ययन गरी निर्माण गर्न प्रति निर्वाचन क्षेत्र ५ करोड पर्ने गरी १ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै जिल्ला सदरमुकामबाट प्रदेश राजधानी जोड्ने, कर्णाली प्रदेशबाट अन्य प्रदेश जोड्ने, दुई वा दुई भन्दा बढी जिल्ला जोड्ने प्रदेश गौरवका सडक आयोजना निर्माण गर्न १ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ ।

https://drive.google.com/file/d/1ZLDViFtGeHuEV75a8vB7jDQqJOtOBQL5/view?usp=sharing

Share Now

Leave a comment.