बनेपा(काभ्रेपलाञ्चोक), २३ असोज । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडले बाढीपहिरो पीडितहरुलाई राहत सामग्री वितरण गरेको छ ।
बैंकले मध्य असोजमा परेको अविरल बर्षापछि आएको पहिरो र बाढीले अत्यधिक प्रभावित पनौती नगरपालिका वडा नम्बर ११ का ३ सय ७३ बाढीपहिरो प्रभावित परिवारहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरेको जनाएको छ ।
मध्य असोजमा परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण पनौतीमा धेरै जनधनको क्षति भएको थियो ।
बैंकले सो वडा कार्यालयको समन्वयमा पीडितहरुलाई दैनिक उपभोग्य सामग्री दिई सहयोग गरेको हो । राहतको रुपमा बैंकका प्रतिनिधिले पीडित परिवारलाई दाल, चामल, बाल्टी लगायत दैनिक उपभोग्य सामग्री वितरण गरेका थिए ।