काठमाडौं, १३ असार । सामना बैंकिङ्ग पुरस्कार गुठीले यस बर्षको पुरस्कारको लागि आवेदन खुला गरेको छ । गुठीले बैकिङ्गरवित्तीय क्षेत्रमा प्रकाशित भएका अनुसन्धानमूलकरविश्लेषणात्मक ग्रन्थ मध्येको उत्कृष्ट ग्रन्थलाई पुरस्कृत गर्ने गरेको छ ।
गुठीले उत्कृष्ट ग्रन्थका लेखकलाई ७५ हजार रूपैयाँ राशीको बैंकिङ्ग पुरस्कार दिनेछ ।
यस बर्षको पुरस्कारका लागि २०७३ वैशाखदेखि २०७४ चैत्रसम्मका लेखकहरूलार्इ आफ्नो कृति बुझाउन आह्वान गरेको छ ।
बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा उच्चकोटीका अनुसन्धनात्मकरविश्लेषणात्मक ग्रन्थहरुको लेखन तथा प्रकाशनलाई प्रोत्साहन गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरिएको हो ।
गुठीले पुरस्कारका लागि योग्य र इच्छुक लेखक तथा प्रकाशकहरुलाई असार मसान्त दिउँसो ११ देखि ३ बजेसम्म ४ प्रति पुस्तक नेपाल नेपाल राष्ट्र बैंकको पूर्व कर्मचारी संघको कार्यालय वैकर्स क्लव भवन थापाथली काठमाडौंमा बुझाउन आग्रह गरेको छ ।
सामना गुठी तथा पुरस्कारको स्थापना धितोपत्र बोर्डको अध्यक्ष अर्थविद् डा. रेवत वहादुर कार्कीले गर्नुभएको हो ।


















