Prakash Adhikari January 13, 2025

 

काठमाडौं, २९ पौष । नेपालका बाणिज्य बैंकहरुले माघ महिनाका लागि ब्याजदर तोकेका छन्। २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको ब्याजदरको सूचना अनुसार अधिकांश बैंकहरुले पौष महिनाकै ब्याजदरलाई निरन्तरता दिएको पाइएको छ।

२० बैंकहरुमध्ये १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा पौष महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी ३ वाणिज्य बैंकहरुमध्ये दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने एकले बढाएको छ।

पौषको तुलनामा माघ महिनामा ब्याजदर घटाउने बैंक नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् भने बढाउने बैंक लक्ष्मी सनराइज बैंक रहेको छ। नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ। लक्ष्मी सनराइज बैंकले भने यस्तो खाताको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको हो।

दुई बैकहरुको ब्याजदर घटेपछि बैंकहरुको औषत ब्याजदर पनि सामान्य घटेको छ। पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशत विन्दु घटेको हो।

बाणिज्य बैंकहरुको माघ महिनाको ब्याजदर यस्तो छ :

Share Now