-होली होन्डेरिच/बीबीसी न्यूज
वाशिङ्टन डीसी(संयुक्त राज्य अमेरिका), ८ माघ । गत नोभेम्बरको निर्वाचनमा विजय हासिल गरी ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि पुनरागमन गर्नुभएका डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा सोमवार(जनवरी २०मा) शपथग्रहण गर्नुभएको छ।
शपथग्रहणपछि गरेको २९ मिनेट लामो भाषणमा उहाँले ‘अमेरिकी सपनालाई पुनर्स्थापित गर्ने’वाचा गर्नुभयो भने आफूभन्दा अगाडिका राष्ट्रपतिको प्रशासनले अराजकता र विनाश छाडेर गएको आरोप लगाउनुभयो।
यदि तपाईँले ट्रम्पको भाषण छुटाउनु भएको छ भने उनको मन्तव्यका मुख्य पाँच विषय यस्ता थिएः
अमेरिकाको स्वर्ण युग
ट्रम्पले आफ्नो भाषणको सुरुवात आशा जगाउने खालको कुराबाट सुरु गर्नुभयो।
“अहिलेबाटै अमेरिकाको स्वर्ण युग सुरु हुन्छ”,उहाँले भन्नुभयो, “आजका दिनदेखि हाम्रो देश फस्टाउने छ र सम्मानित हुने छ।”
विदेशी शोषणबाट आघात पुगेका अमेरिकी उद्योग र अर्थतन्त्रको कालो तस्बिर चित्रण गर्दै आठ वर्षअघि ट्रम्पले गरेको भाषणभन्दा यो निकै भिन्न थियो।
तर सोमवार पनि सम्बोधन अघि बढाउँदै जाँदा ट्रम्पले जसरी आरम्भ गर्नुभएको थियो, त्यो स्वर परिवर्तन गर्दै लग्नुभयो।
राष्ट्रपतिले अहिलेको अमेरिकाको गम्भीर मूल्याङ्कनको प्रस्ताव गर्नुभयो। उहाँले कट्टर र भ्रष्ट संस्थापनका कारण अमेरिकाले देशभित्रको साधारण सङ्कट पनि व्यवस्थापन गर्न नसकेको आरोप लगाउनुभयो। लस एन्जलसमा भएको आगलागी नियन्त्रणमा देखिएको विफलतातर्फ सङ्केत गर्दै उहाँले त्यस्तो आरोप लगाउनुभएको थियो।
“अब हामी अझै पनि हाम्रो फाइदा उठाउने विषयलाई स्वीकार्दैँनौँ “, उहाँले भन्नुभयो।
नीतिहरूको लामो सूची
शपथग्रहण मन्तव्यलाई राष्ट्रपतिहरूले एकताको लागि आह्वान गर्ने तथा व्यापक खालका प्रतिबद्धताहरू जनाउने अनि नीतिहरूबारे विस्तृतमा खासै उल्लेख नगर्ने अवसरका रूपमा लिइन्छ।
तर ट्रम्पले त्यसो गर्नु भएन।
उहाँले त आफूले पहिला १०० दिनमा गर्ने कामहरू, लिने नीतिहरू र प्रतिबद्धताहरूको लामो सूचीसहित त्यसको विस्तृत विवरण समेत दिनुभयो।
ट्रम्पले दक्षिणी सिमानामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने र अध्यागमनसम्बन्धी नियमहरू कार्यान्वयनका लागि राष्ट्रिय सेना परिचालन गर्ने घोषणा गर्नुभयो। उहाँले सन् २०१९ मा पनि त्यस्तै सङ्कटको घोषणा गर्नुभएको थियो भने आफ्नो चुनावी अभियानमा पनि त्यस्तो गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
त्यस्तै उहाँले तत्काल कार्यकारी आदेशमा हस्ताक्षर गरेर अमेरिकामा तत्कालै सेन्सरशिप अन्य गर्ने र वाक् स्वतन्त्रता फिर्ता ल्याउने घोषणा पनि गर्नुभयो।
ईश्वरले बचाए
ट्रम्पले भाषणका क्रममा आफ्नो अराजक र अशान्तिपूर्ण चुनावी अभियानको सबैभन्दा महत्त्वपूर्ण क्षणको स्मरण गर्नुभयो। त्यो भनेको उहाँको हत्या प्रयास भएको क्षण थियो।
“हाम्रो अभियान रोक्न चाहनेहरूले मेरो स्वतन्त्रता खोस्न खोजे र वास्तवमा ज्यानै लिन खोजे”, उहाँले भन्नुभयोकेही महिनाअघि मात्र पेन्सिलभेनियाको सुन्दर चउरमा मेरो ज्यान लिन खोजिएको गोली मेरो कानमा लागेर गयो तर मैले त्यसपछि अझ बढी के विश्वास गरेँ भने मेरो जी, “वन केही कारणकै लागि बचेको हो।मलाई अमेरिकालाई फेरि महान् बनाउनका लागि बचाइएको हो।”
मङ्गलग्रह र पानमा कनाल
ट्रम्पले आफ्नो वैदेशिक र अन्तरिक्ष नीति तथा प्रतिबद्धताबारे पनि उल्लेख गर्नुभयो। उहाँले वैदेशिक क्षेत्रमा नाटकीय कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले पानमा कनाल अमेरिकी नियन्त्रणमा ल्याउने बताउनुभयो र त्यसलाई अहिले चीनले चलाइरहेको झुटो दाबी गर्नुभयो। पानमा उक्त जलमार्गका लागि स्वायत्त रहेको छ।
“हामी यसलाई फिर्ता ल्याउने छौँ”, ट्रम्पले भन्नुभयो।
उहाँले गल्फ अफ मेक्सिकोको नामलाई परिवर्तन गरेर “गल्फ अफ अमेरिकाु” बनाउने घोषणा गर्दा अमेरिकाकी पूर्वविदेशमन्त्री हिलरी क्लिन्टन हाँस्न बाध्य हुनुभयो।
ट्रम्पले अन्तरिक्षतिर पनि हेरेर वाचा गर्नुभयो, “हामी ताराहरूतर्फ अघि बढ्छौँ र मङ्गलग्रहमा हाम्रो झण्डा फहराउनेछौँ।”
उहाँको उक्त भनाइपछि ट्रम्पका सल्लाहकार तथा अर्बपति इलोन मस्क मुस्कुराउनुभयो। उहाँले लामो समयदेखि मङ्गलग्रहमा मानवबस्ती बनाउने घोषणा गर्दै आउनुभएको छ।
अब दुईवटा लिङ्ग मात्र
शपथग्रहण समारोहमा ट्रम्पले सबैभन्दा धेरै तालीको गडगडाहट त्यसबेला पाउनुभयो, जब उहाँले अमेरिकामा दुईवटा मात्र लिङ्ग रहेको आधारमा नीतिहरू बन्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “यो अबदेखि संयुक्त राज्य अमेरिका सरकारको आधिकारिक नीति हुनेछ-यहाँ दुई लिङ्ग मात्र छन् स् पुरुष र महिला।”
ट्रम्पले ‘सार्वजनिक र निजी जीवनका हरेक पक्षमा’ जाति र लिङ्गका आधारमा गरिने ‘सोशल इन्जिनिअरिङ’ लाई विफल पार्ने वाचा गर्नुभयो।
उहाँले क’लर ब्लाइन्ड’ अर्थात् रङ्गहरू नचिन्ने र ‘योग्यतामा आधारित’ देश बनाउने वाचा पनि गर्नुभयो।