Prakash Adhikari January 22, 2025

 

काठमाडौं, ९ माघ। नेपाली बजारमा चिनियाँ ब्राण्ड आयन भी का विद्युतीय दुई भेरियन्टका हल्का सवारी साधनहरु सार्वजनिक भएका छन् ।

सिजी मोटर्सले मंगलबार एक कार्यक्रमबीच आयन भी को लक्जरी र एलाईट गरी दुई भेरियन्ट सार्वजनिक गरेको हो ।

एलाईट भेरियन्ट्ले ५२० किलोमिटरको रेन्ज दिन्छ । जुन ६२.७ किलोवाट प्रति घण्टा क्षमताको म्यागजिन ब्याट्रीबाट सञ्चालित छ । जसले उत्कृष्ट कार्यक्षमता र भरपर्दो प्रदर्शन गर्ने कम्पनीको दाबी छ ।

लामो यात्रा चाहनेहरूका लागि लक्जरी भेरियन्ट उपयुक्त छ । यसले ६५० किलोमिटर रेन्ज दिन्छ । जसमा यस सेग्मेन्टको सबैभन्दा बढी ७५.३ किलोवाट प्रति घण्टा क्षमताको म्यागजिन ब्याट्री समावेश छ ।

लक्जरी भेरियन्टमा पहिलो पटक यस सेग्मेन्टको गाडीमा ड्राइभर र को(ड्राइभर बस्ने यात्रुका लागि आठ पोइन्ट मसाज सिट र आर्मरेस्टमा इन(बिल्ट फ्रिज समावेश गरिएको छ । जसले लामो यात्रामा आराम सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

दुवै १५ विभिन्न स्मार्ट ड्राइभिङ फङसन, म्यागजिन ब्याट्री, ७ एयरब्यागर फराकिलो तथा आरामदायी ‍इन्टेरियर समावेश छ ।

यो एसयूभीले ५ स्टार सुरक्षा मापदण्ड पनि प्राप्त गरेको छ । जसले यसको उत्कृष्ट सुरक्षा क्षमतालाई प्रमाणित गर्दछ । साथै स्मार्ट टेलगेट ओपनिङ, ड्राइभ क्षमता बढाउन इनडसट्रि अग्रणी हीट पम्प र ड्राइभर तथा अगाडिको यात्रुको लागि हिटेड र भेन्टिलेटेड सिटजस्ता सुविधाहरू छन् ।

आयन भी को मूल्य इलाइट भर्सनको ६४ लाख ९९ हजार रुपैयाँ राखेको छ भने लक्जरी भर्सनको ६९ लाख ९९ हजार रुपैयाँ छ ।

चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाणकुमार चौधरीले सार्वजनिकीकरण कार्यक्रमको उद्घाटान गर्नुभएको थियो ।

कार्यक्रममा आयनका प्रमुख पदाधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो, जसमा एशियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङको उपस्थिति रहेको थियो ।

ड्यानियल चोउलेआयन वाई भेरियन्टको नेपालमा प्राप्त सफलताको बारेमा चर्चा गरेका थिए । उनले उक्त सफलताबाट प्रेरित हुँदै अत्याधुनिक आयन भी सार्वजनिक गरिएकोमा जोड दिनुभयो ।

निर्वाण चौधरीले आयोज भी नेपालमा लोकप्रिय हुने दाबी गर्नुभयो । यो सुरक्षित र लक्जरी भएकाले नेपाली बजारमा हिट हुने उहाँको भनाई छ ।

आयनले चीनमा गुणस्तरको हिसाबले नम्बर १ ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरेको छ । उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको दाबी गरिएको छ ।

नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्रहरु र काठमाडौँको बागडोलमा स्थित प्रमुख सेवा केन्द्र मार्फत सीजी मोटर्सले आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

२४० स्थानमा चार्जिङ स्टेसन रहेको सिजी मोटर्सको सम्पूर्ण जानकारी सिजी क्यारेस एपबाट लिन सकिने कम्पनीले जनाएको छ ।

Share Now