Prakash Adhikari July 18, 2025

माले(माल्द्धिप),२ साउन । नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबका खेलाडीहरु टापु राष्ट्र माल्द्धिपमा भईरहेको काभा मेन्स च्याम्पियन्स लिगमा चम्किएका छन् । नेपालको क्लब च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लबले शुक्रवार राति भएको दोस्रो खेल पनि जितेको छ । नेपालले आयोजक माल्द्धिपको एचडीसी क्लबलाई ३ -१ को सेटमा पराजित गरेको छ ।

शुक्रवार राति भएको खेलमा नेपालले पहिलो र दोस्रो सेट लगातार जित्यो । तेस्रो सेट आयोजक माल्द्धिपको एचडीसी क्लबले जित्यो । चौथो सेटलाई आफ्नो पक्षमा पार्दै नेपालले दोस्रो खेललाई चार सेटमा टुंग्यायो ।

पहिलो खेलमा नेपालले माल्द्धिपलाई २५ -१९ ले हरायो । दोस्रो खेललाई पनि २५- २३मा नेपालले जित्यो । तेस्रो खेलमा माल्द्धिपले पुनरागमन गर्दै २५ -१९ ले नेपाललाई पराजित गर्यो । चौथो सेटमा पुगेको खेललाई नेपालले २५ -२२ ले आफ्नो पक्षमा ल्याएर खेल टुंग्यायो ।

माल्दिभ्समा बिहिवार सुरु भएको च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा हेल्प नेपालले घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३ -२ ले हराएको थियो ।

सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा भईरहेको छ ।

अब नेपालले शनिवार किर्गिस्तानको ब्रिस्बिेक क्लब र सोमबार श्रीलंकासंग खेल्ने छ ।

जुलाई २३  मा अंकतालिकामा पाँचौ र छैठौ स्थानमा रहने टोलीको बीचमा, तेस्रो र चौथोको स्थानमा रहने टोलीको बीचमा र पहिलो र दोस्रो स्थानमा रहने टोलीको बीचमा खेल हुने तालिका छ ।

च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।

सायद 'MALDIVES MATCH SCHEDULE ROUND ROBIN MAOCИ ZHAIYK VC (ZHK) July 2025 MALE', MALDIVES 17JULY2025 PRELIMINARY UTHORITY (SLP) MAT 17JULY2025 Opening Ceremony HDC) 17JULY2025 18JULY2025 BKZ DHINEHI SIFAINGE DSC) 21.45 NEPAL SPORTS 18JULY2025 SPORTS CLUB (HDC) ΖΗΑΙΚ ΖΗΑΙΥΚ 19JULY2025 (ZHK) DHIVEHI SIFAINGE DSC 21JULY2025 ZHAIYK (SLP) (ZHIK) KYRGYZSTAN HELPNEPAL SPORTS 22JULY2025 HNS) (HDC) 21JULY2025 AUTHORITY ZHAIYK VC (ZHK) 22JULY2025 (HDC) MADDANG11 RANK3 23JULY2025 22JULY2025 DHIVEHI SIFAINGE CLUB (DSQ RANK 23JULY2025 RANK 23JULY2025 23JULY2025 Closing Ceremony JAfra Zhaiyk Teams (ZHK) Club Bishkek-Kyrgyzstan(BKZ) (BKZ) (HDC) Help Nepal Sports Club (HNS) Dhivehi Sifainge Club (DSC) Sri Lanka ports Authority (SLP) VAM FIVB AVC' भन्ने पाठ को फोटो हुनसक्छ

Share Now