काठमाडौं, २ साउन । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) २०२५ को ऐतिहासिक अक्सन काठमाडौंमा सम्पन्न भएको छ। आजै नेपाल भलिबल एशोसियसनले दोस्रो संस्करणको कप पनि सार्वजनिक गरेको छ ।
मार्की खेलाडी पहिल्यै अनुबन्ध गरिसकेका सबै ६ टोलीले अक्सनमा विभिन्न क्याटेगोरीबाट नेपाली खेलाडी भित्र्याएका छन्।
६ वटै टोलीले स्वतः ए क्याटेगोरीकै मार्की खेलाडी छानिसकेका छन् भने अक्सनबाट थप ६ जना खेलाडी ए क्याटेगोरीमा थपिएका छन् ।
अक्सनपछि कुन टिम कस्तो
मधेश युनाइटेड
मधेशको मार्की खेलाडीमा निरुता ठगुन्ना छन् । अक्सनबाट एक क्याटेगोरीमा आरती सुवेदी अनुबन्ध गरेको छ ।
बी क्याटेगोरीबाट कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट अनुबन्ध भएका छन भने
सी क्याटेगोरीबाट बबिता बोहरा, बसन्ती साउद, स्नेहा ठगुन्ना ।
कर्णाली यशविस
कर्णाली यशविसको मार्की खेलाडीमा सुमित्रा रेग्मी छन् । अक्सनबाट ए क्याटेगोरीमा सफिया पुन अनुबन्ध भएकी छन् ।
क्याटागोरी बी बाट रश्मित दुरा, जश्ना महतो पुजा थारु अनुबन्ध भएका छन् भने क्याटागोरी सी बाट नेबिका चौधरी, रेबिका लामा तमु, एलिशा भोजु ।
पोखरा निन्जाज
पोखराको मार्की खेलाडीमा प्रगति नाथ छन् । अक्सनबाट ए क्याटेगोरीमा पुनम चन्द अनुबन्ध भइन् ।
पोखराले बी क्याटेगोरीमा मिना सुनार, सुनिता खत्री र गरिमा बोहरालाई भित्र्यायो भने सी क्याटेगोरीमा एन्जिला प्रधान, निशा महर र भावना तामाङ ।
ललितपुर क्विन्स
ललितपुरको मार्कीमा सलिना श्रेष्ठ छन् । यो टिममाअक्सनबाट ए क्याटेगोरीमा संगम महतो अनुबन्ध भइन् ।
ललितपुरले बी क्याटेगोरीमा लक्ष्मी चन्द, सुनिता राई र सलिना बुढामगरलाई टिममा लियो भने सी क्याटेगोरीमा निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगी ।
काठमाडौं स्पाइकर्स
काठमाडौंको मार्की खेलाडीमा उषा भण्डारी छन् । अक्सनबाट ए क्याटेगोरीमा कबिता भट्ट टिममा छानिइन्।
काठमाडौले बी क्याटेगोरीबाट मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवरलाई टिममा समेट्यो भने सी क्याटेगोरीबाट बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री ।
लुम्बिनी लाभाज
लुम्बिनीको मार्की खेलाडीमा अरुणा शाही छन् । टिममा अक्सनबाट ए क्याटेगोरीमा कामना विष्ट अनुबन्ध भइन् ।
लुम्बिनीले बी क्याटेगोरीबाट एलिशा मानन्धर, शान्तिकला तामाङ र जेनिशा बिकलाई टिममा लियो भने सी क्याटेगोरीबाट रोमा महतो, रञ्जना भोटो, अनुशा चौधरी ।
इडब्लुभिएलको दोस्रो संस्करण भदौ २० देखि २८ काठमाडौंमा हुने भएको छ।
पहिलो संस्करण कर्णालीले जितेको थियो।
आजै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द र स्नेभी चापागार्इँले महिला भलिबल लिगको रनिड.ट्रफी पनि सार्वजनिक गरेका थिए । सो अवसरमा अध्यक्ष चन्दले इन्फिनिटी ड्रिम प्रा.लि.लाई नेपालको भलिबल इतिहासमा पहिलो पटक क्रिकेट र फुटबल लिगमा जस्तो अक्सनबाट खेलाडी चयन गर्ने परम्परा सुरुआत गरेकोमा धन्यवाद दिनुभयो । उहाँले यो सहकार्य लामो समय कायम रहने विश्वास गर्दै यसले भविष्यमा नेपालको भलिबल खेल र खेलाडीको सपना पूरा गर्न ठूलो मद्दत गर्ने बताउनुभयो ।


















