काठमाडौं, २० साउन । नोपलको सेयर बजारमा साताको तेस्रो दिन उच्च अंकको गिरावट आएको छ ।
मंगलबार सुरुमा बढ्ने लयमा देखिएको बजार दिनभरको कारोबार पछि ४१.३५ अंकले घटेर २८३४ बिन्दुमा खुम्चिएको हो । यो अघिल्लो दिनको तुलनमा १.४३ प्रतिशतको गिरावट हो ।
अघिल्लो कारोबार दिन सोमबार भने नेप्से १६।४६ अंकले बढेको थियो । त्यसअघिका तीन कारोबार दिन भने नेप्से लगातार घटेको थियो ।
मंगलबार नेप्सेमा कुल ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल १० अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबारमा आएकामध्ये ४६ स्टकको सेयर मूल्य बढ्दा २ सय ४ कम्पनीको घटेको छ ।
यस दिन घटेको बजारमा पनि शेयर भाउ बढ्ने शीर्ष १० कम्पनीमा समाज लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त,सिर्जनशील लघुवित्त, सनराईज फस्र्ट म्युचुअल फण्ड,महुली सामुदायिक लघुवित्त, एनआईसी ग्रोथफण्ड २, एनआईएमबी डिबेञ्चर ९० र गणपति माइक्रोफाइनास र कुथेली बुखारी हाइड्रोपावर छन् ।
यस दिन अघिल्लो कारोबार दिनको तुलनामा शेयरको मूल्य बढी घटेका कम्पनीमा थ्रीस्टार हाइड्रो, ट्रेड टावर,लुम्बिनी विकास बैंक, अपर सोलु हाइड्रो, सुपर मादी हाइड्रो, हिमालयन रिइन्स्योरेन्स, स्वेतगंगा हाइड्रो पावर, युनियन हाइड्रो, बीपीसी र एनआईसी डिबेञ्चर ८८ रहेका छन् ।
कारोबारका आधारमा यस दिन उच्च कारोबार गर्ने १० शीर्ष कम्पनीहरुमा ट्रेडटावर, सान्भी,हिमालयन रिइन्स्योरेन्स,शिवम् सिमेन्ट्स,हिमालयन डिष्टिलरी,निफ्रा, न्यादी ग्रुप पावर लिमिटेड, लिवर्टी इनर्जी, लुम्बिनी विकास बैंक र साहस ऊर्जा रहेका छन् ।


















