Prakash Adhikari August 12, 2018

पोर्ट अफ स्पेन, २७ साउन । क्यारेबियन लिग अन्तरगत आज भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने संलग्न रहेको सेन्ट किट्स एण्ड नेभिज प्याट्रियोटले ट्रिवाड.गो नाइट राइडर्सलाई ४२ रनले पराजित गरेको छ ।

सेन्ट किट्स एण्ड नेभिजले दिएको २०४ रन को लक्ष्य पछ्याएको नाइट राइडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १सय ६१ रन बनाएको थियो ।

सन्दीपको टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा उनको टोली गुयना वारियर्सर्सं पराजित भएको थियो ।

आजको खेलमा नेपाली बलर सन्दीपले एक विकेट लिए । उनले ३ ओभर खेल्ने अवसर पाएका थिए ।

उनले चौथो ओभरमा १ रन लिने मौका नदिइकन १ विकेट लिएर सी ए लायनलाई मैदानबाहिर पेभिलियनतर्फ पठाए भने आठौ ओभरमा ३ रन मात्र लिने मौका दिए । २० औ आभरमा भने एक छक्का र १ चौका सहित १४ रन लिने अवसर दिए ।

Share Now

Leave a comment.