Prakash Adhikari October 25, 2025

 

काठमाडौं, ८ कार्तिक । भारतको राँची, झारखण्डमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत महिला र पुरुष दुवैतर्फ ५ हजार मिटर दौडमा नेपाली खेलाडीहरुले कांस्य पदक जितेका छन् ।

नेपाली धाविका सन्तोषी श्रेष्ठले भारतको राँचीमा भएको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा महिला ५ हजार मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित कांस्य पदक जितेकी छन् ।

सन्तोषीले १५ मिनेट ३६ः६२ सेकेण्डमा दौड पूरा गरी १५ वर्ष पुरानो कान्छिमाया कोजुको राष्ट्रिय कीर्तिमान तोडेकी हुन्।

उनले निर्धारित दूरी १६ मिनेट ३६ः६२ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् ।

कान्छिमायाले सन् २०१० मा चीनको ग्यान्झाउमा भएको एसियन गेम्समा बनाएको १६ मिनेट ४९स्९८ सेकेण्डको कीर्तिमान सन्तोषीको तोडेकी हुन् । यस इभेन्टमा भारतीय खेलाडीले स्वर्ण र रजत जिते ।

यस्तै मुकेशले निर्धारित दूरी १५ मिनेट २५ः५४ सेकेण्डमा दूरी पूरा गरे । यस इभेन्टमा भारतका खेलाडीले स्वर्ण र श्रीलंकन खेलाडीले रजत जिते ।

Share Now