Prakash Adhikari August 25, 2018

 

सानेपा(ललितपुर),९ भदौ । नेपाली कांग्रेसको यसै महिना हुनेभनिएको महासमितिको बैठक तीन महिना पर धकेलिएको छ । नेपाली कांग्रेसको शनिवार अपरान्ह केन्द्रीय कार्यालय सानेपा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको केन्द्रिय कार्य समिति बैठकले मंसिरमा महासमिति गर्ने गरी मिति र स्थानको टुंगो लगाएको हो ।

यस्तै विधान मस्यौदा समितिमा समेत दुई जना जिल्ला सभापतिलाई स्थायी आमन्त्रीत सदस्य राख्ने बैठकले निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहिबार महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान समिति बनाउनुभएको थियो ।

समितिमा सहमति भएभन्दा बढी संख्या राखिएको आपत्ति जनाउदै वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिष्कार गरिदिएपछि भदौ ८ गतेको निर्धारित कार्यसमितिको बैठक स्थगित भएको थियो ।

Share Now

Leave a comment.