Prakash Adhikari August 26, 2018

 

वेष्ट इण्डिज, १० भदौ । वेस्ट इन्डिजमा भैरहेको क्यारेबियन प्रिमियर लिग टि(२० मा नेपाली युवा खेलाडी सन्दिप लामिछाने सम्मिलिट सेन्ट किट्स एण्ड नेविस प्याट्रियट्सले जेसन होल्डर कप्तानीको बार्बाडोस ट्रिडेन्टसलाई पराजित गर्दै लिगको शीर्षमा पुगेको छ ।

Caribbean Premier League

TEAM M W L T N/R PT NRR FOR AGAINST
1St Kitts and Nevis Patriots 5 3 2 0 0 6 0.784 698/86.3 703/96.3
2Trinbago Knight Riders 5 3 2 0 0 6 0.61 981/99.5 917/99.3
3Guyana Amazon Warriors 5 3 2 0 0 6 0.598 793/96.3 748/98.1
4Jamaica Tallawahs 6 3 3 0 0 6 -0.147 1053/119.1 1078/120.0
5Barbados Tridents 4 2 2 0 0 4 -0.214 676/80.0 683/78.5
6St Lucia Stars 7 2 5 0 0 4 -1.227 1056/138.1 1128/127.1

आज भएको पाँचौ खेल प्याट्रियट्सले ६ विकेटले जित्यो । बारबाडोस ट्रिडेन्टसले दिएको १४८ रनको लक्ष्यलाई ४ विकेटको क्षतिमा ७ बल बाँकी रहदै सेन्ट किट्स एण्ड नेभिज प्याट्रियट्सले पूरा गरेर खेलको नतिजा आफ्नो पक्षमा पार्योे ।

टस जितेर फिल्डिड. रोजेको प्याट्रियट्सका लागि आजको खेलमा सन्दीपले कुनै विकेट लिन सकेनन् । उनले चार ओभर खेले र ३ छक्का र ३ चौका सहित ४३ रन लिने मौका दिए ।

सन्दीपको पहिलो चरणका लागि यो अन्तिम खेल हो । उनी अब २९ तारिखदेखि मलेसियामा आयोजना हुने एसिया कप छनौट प्रतियोगिताका लागि त्यसतर्फ जानेछन् ।

आजको खेलपछि सेन्ट किट्स एण्ड नेविस प्याट्रियट्स लिगको तालिकामा शीर्ष स्थानमा छ। प्याट्रियट्सले सेप्टेम्बर ११ देखि हुने प्लेअफमा स्थान बनाउने देखिएकोले सन्दिप पुनः वेस्ट इन्डिज फर्किने अवस्था सिर्जना हुँदैछ। एसिया कप छनौट प्रतियोगिताको फाइनल सेप्टेम्बर ६ तारिकमा रहेको छ भने नेपालले लिगको अन्तिम खेल हंगकंगसंग सेप्टेम्बर ४ तारिकमा खेल्नेछ। यस्तै प्याट्रियट्सले लिग चरणको अन्तिम खेल सेप्टेम्बर ४ तारिकमा खेल्नेछ।

क्यारेबियन प्रिमियर लिगमा सन्दिपले अहिलेसम्म खेलेको ४ खेलमा ७ विकेट लिईसकेका छन् जुन क्रममा कुल १७ ओभर बलिङ्ग गरे ।

सन्दिपको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्समा टि(२० क्रिकेटका बादशाह क्रिस गेल सहित इभिन लुइस, बेन कटिंग, कार्लोस ब्राथवेट,महमदुल्लाह जस्ता खेलाडीहरु रहेका छन्।

क्यारेबियन प्रिमियर लिगको यही बर्ष मार्चमा सम्पन्न ड्राफ्टमा सन्दिपलाई पेट्रियट्सले ५ हजार अमेरिकी डलरमा खरिद गरेको थियो जसपछि क्यारेबियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली भएका थिए। मे महिनामा सम्पन्न इन्डियन प्रिमियर लिगमा नेपाली लेग स्पिनरले ३ खेलमा ५ विकेट लिएर उत्कृस्ट बलिङ्ग गरेका थिए बने त्यसपछि क्यानडामा गत महिना सम्पन्न टि(२० ग्लोबलमा समेत ५ खेलमा ८ विकेट लिएर राम्रो प्रदर्शन गरेका थिए।

Share Now

Leave a comment.