Prakash Adhikari January 6, 2026

 

काठमाडौं, २३ पौष। आईसीसी महिला टी २० ग्लोबल क्वालिफायर्स छनोट खेलको पूर्वसन्ध्यामा आजदेखि अभ्यास खेलहरु हुँदैछन् । यस अन्तरगत नेपालले आज पहिलो अभ्यास खेल अमेरिकी महिला टोलीसंग खेल्दै छ ।

खेल मूलपानीस्थित उपल्लो रंगशालामा हुने छ ।

नेपालमा हुने छनोट खेलमा सहभागी हुने तीन टिमसंग नेपालले अभ्यास खेल खेल्दै छ । पहिलो अभ्यास खेल आज अमेरिकन टिमसंग हुने छ । दोस्रो अभ्यास खेल शुक्रवार स्कटल्याण्डसंग र तेस्रो अभ्यास खेल आइतवार जिम्बाबेसंग हुने छ ।

नेपाल क्रिकेट संघले आईसीसी महिला टी–२० विश्वकप २०२६ (इङ्ल्यान्ड तथा वेल्स) का लागि हुने ग्लोबल क्वालिफायर्स खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा गरिसकेको छ ।

इन्दु बर्माको कप्तानी रहेको ग्लोबल क्वालिफायर खेल्ने टोलीमा पूजा महतो उपकप्तान छन् भने अन्य खेलाडीहरुमा रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय रहेका छन्।

आईसीसी महिला टी–२० विश्वकप २०२६ का लागि हुने ग्लोबल क्वालिफायर्स जनवरी १४ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।

प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान तथा मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

घरेलु मैदानमै हुने यो प्रतियोगितामा नेपाली टोलीले विश्वकपमा स्थान बनाउने लक्ष्य बोकेको छ।

आइसीसी महिला टी २० विश्वकप आगामी जुन १३ देखि जुलाई ५ सम्म इंग्ल्याण्ड र वेल्समा हुँदैछ ।

सायद पाठ को फोटो हुनसक्छ

Share Now