Prakash Adhikari August 15, 2026

काठमाडौं, २९ साउन। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई एकढिक्का बनाउनुको विकल्प नरहेको बताउनुभएको छ।

उहाँले शुक्रबार संस्थापनइतर समूहले गरेको राष्ट्रिय भेलामा सम्बोधन गर्दै देशको अस्तित्व नै खतरामा रहेको अवस्थामा पार्टीका नेता कार्यकर्ता एकढिक्का हुनुपर्ने बताउनुभयो।

“अहिले देशको अवस्था अत्यन्त संकटग्रस्त अवस्थामा छ। देशको अस्तित्व खतरामा छ। देशको राष्ट्रियता खतरामा छ। यो किन भइराखेको छ?” भन्ने कुरा हामीहरुले बुझ्न जरुरी छ।

“नेपाली कांग्रेस मात्रै एउटा यस्तो पार्टी हो जसले सबैलाई मिलाएर हिँड्न सक्छ। यसका लागि हामी एकढिक्का हुन आवश्यक छ”, उहाँले भन्नुभयो।

उहाँले पार्टी अहिले विभाजित मनस्थितिबाट गुज्रिरहे पनि एकढिक्का हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो।

“पार्टीलाई हामी मिलाउँछौं। कांग्रेस एकढिक्का बन्छ भन्ने कुरा म त विश्वस्त छु। कांग्रेस एकढिक्का हुने बित्तिकै अन्य दलसँग सहमति, सहकार्य र एकता गरेर अगाडी बढ़नु पर्छ”, वरिष्ठ नेता डा.कोइरालाले भन्नुभयो।

नेता कोइरालाले राष्ट्रियतालाई मजबुत बनाउन अरु पार्टीसँग सहकार्य आवश्यक रहेको बताउनुभयो। “लोकतन्त्र अहिले बड़ा अप्ठ्यारो स्थितिमा छ। तपाइँहरुले देखिरहनु भएको छ, संसद् कसरी चलिरहेको छ भनेर। न्यायपालिका स्वतन्त्र मात्रै होइन, निष्पक्ष पनि हुनुपर्छ भनेर हामी भनिराख्या छौं। तर अत्यन्त नाजुक अवस्थामा गइरहेको छ”, उहाँले भन्नुभयो।

Share Now