क्वाललम्पुर(मलेशिया),१९ भदौ । एसीसी कप छनौट प्रतियोगितामा आज भएको हंगकंगसंगको खेलमा नेपालले हालसम्मकै सबैभन्दा खराब प्रदर्शन गरेको छ ।
टस जितेको नेपालले पहिले ब्याटिड. रोजेर गल्तीको थालनी गर्यो ।
नेपालको ब्याटिड.पक्ष कमजोर भएकोले बलिड. रोजेको भए यो लज्जास्पद स्थिति आउने थिएन ।
अहिले ३२औं ओभरसम्म नेपालले हुँदा ७ विकेट विकेट गुमाएको छ भने जम्मा ८० रन जोडेको छ ।
यो केटाकेटी खेलजस्तो हुन पुगेको छ ।
अब सय रन पुर्याउन पनि देवी देउताको सहयोग विना असंभव जस्तो देखिदैछ ।
नेपालले हालसम्म सोमपाल कामी, सागर पुन,दीपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल,अनिल शाह,पारस खड््का र सुभाष खकुरेलजस्ता आशा लाग्दा ब्याट्सम्यान गुमाएको छ ।


















