Prakash Adhikari January 14, 2026
काठमाडौं, १ माघ । भदौ २३ र २४ गते जेनजी पुस्ताका नवयुवाहरुले गरेको आन्दोलनको दुहाई दिएर देशको सबैभन्दा लामो इतिहास भएको र वर्तमानको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसको विवादित विशेष अधिवेशनबाट सभापतिमा निर्वाचित हुुनुभएका गगनकुमार थापाको केन्द्रीय कार्यसमितिको स्वरुप सार्वजनिक भएको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट  नेपाली कांग्रेसका पूर्व महामन्त्री विश्वप्रकाश शर्मा र पुष्पा भूषाल उपाध्यक्षमा निर्वाचित हुनुभएको छ भने  प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
आइतबारदेखि काठमाडौँमा  सुरु भएको विशेष महाधिवेशनबाट सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली (स्नेही), आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन हुनुभएको छ ।
यस्तो छ नेपाली कांग्रेस थापा समूहको केन्द्रीय कार्यसमितिको अनुहार :
Share Now