Prakash Adhikari February 6, 2026

 

माले(माल्दिभ्स्), २३ माघ । काभा महिला भलिबल क्लब लिग मा नेपालको तर्फबाट खेलिरहेको नेपाल प्रहरीको भलिबल टिमले आज दोस्रो खेल खेल्दै छ।

नेपालले समूह चरणको दोस्रो खेल इरानको फौलाद मोबारक सेपहान क्लबसंग खेल्दै छ ।

खेल राति ९ः१५ बजे माल्दिभ्स्को मालेमा हुने छ ।

समूह चरणको आफ्नो पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३ १ को सेटमा पराजित गरेको नेपाल प्रहरीको टिम उच्च मनोबलमा रहेको छ।

साविक विजेता(सन २०२४) रहेको नेपाल पुलिसको टिम पुनः उपाधि चुम्ने उत्साहका साथ माल्दिभ्स्मा खेलिरहेको छ ।

सायद पाठ को फोटो हुनसक्छ

 

यस बर्षको काभा वुमन्स क्लब भलिबल च्याम्यिनसीप २०२५ मा नेपाल, श्रीलंका, उज्वेकिस्तान, कजाकिस्तान, इरान र माल्दिभ्सका ७ क्लबले भाग लिएका छन् । जसमा नेपालबाट नेपाल पुलिस क्लब,श्रीलंकाबाट हिर्दारमानी, उज्वेकिस्तानबाट हुमो भलिबल क्लब, अजरबैजानबाट टुरान भलिबल क्लब इरानबाट फौलाद र माल्दिभ्सबाट हुर्रा र वामको क्लब सहभागी छन् ।

सहभागी ७ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो समूहमा माल्दिभ्सको वामको, श्रीलंकाको हिर्दारमनी स्पोर्टस क्लब र कजाकिस्तानको टुरान भलिबल क्लब रहेका छन् भने समूह बीमा नेपालको पुलिस क्लब, उज्वेकिस्तानको हुमो भलिबल क्लब, इरानको फौलाद मोबारक सेपहन क्लब र माल्दिभ्सको हुर्रा कम्युनिटी क्लब रहेका छन् ।

समूह चरणमा अंकतालिकामा शीर्षमा रहेका समूह ए र बीका टोलीले अर्को समूहको दोस्रो स्थानमा रहेको टोलीसंग सेमिफाइनल खेल्ने छन् । १० फेब्रअरीका दिन सेमिफाइनलका उपविजेताबीच तेस्रो स्थानको लागि र सेमिफाइनलका विजेताबीच फाइनल खेल हुने छ ।

खेल काभा मिडिया युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुने बताइएको छ ।

 

Share Now