काठमाडौं,२४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट दज्र्यानी चिन्ह प्राप्त गरेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको कमाण्ड सम्हाल्नुभएको छ ।
प्रधान सेनापतिलाई दर्ज्यानी चिह्न प्रदान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको सहभागिता रहेको थियो ।
ले नेपाली सेनाको कमाण्ड सम्हाल्नुभएको छ ।
प्रधान सेनापतिलाई दर्ज्यानी चिह्न प्रदान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको सहभागिता रहेको थियो ।
थापालाई गत साउन १० गतेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
अघिल्ला प्रधानसेनापति राजेन्द्र क्षेत्री आजबाटै अवकाश पाउने भएपछि एक महिना अगाडी साउन २४ गतेबाटै विदा बस्नुभएको थियो ।
नेपाली सेनाको प्रचलन अनुसार विदा बस्नुअघि क्षेत्रीले थापालाई कार्यभार हस्तान्तरण गर्नुभएको थियो।
क्षेत्री बिदामा बस्नुभएपछि सरकारले बलाधिकृत थापालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेको थियो ।
निर्विवाद ढंगले पदावधि पूरा गर्नुभएका प्रधान सेनापति राजेन्द्र क्षेत्रीलाई नेपाली सेनाले भदौ २२ गते शुक्रबार औपचारिक बिदाई गरेको थियो ।
उहाँलाई सो साझ सैनिक मञ्च टुँडिखेलमा बग्गीमा सबार गराएर उच्च सम्मानसहित ईज्जत अर्पण कवाज प्रदर्शन गराईएको थियो भने साँझ नेपाली सेनाको मुख्यालयमा बिदाई भोज आयोजना गरिएको थियो ।


















