गोरखपुर(भारत),२७ भदौ । भारत र अफगानिस्तान सम्मिलित एकदिवसिय क्रिकेट श्रृखंलामा नेपाल यु १९ ले पहिलो खेलमा भारतको बी टिमसँग ४० रनको हार ब्यहोरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको भारतको बी टिमले ४९ ओभरमा एक सय ६१ रन बनायो । उसका लागि ओपनर कमरान इक्वालले ५० रन बनाएपनि बाकि खेलाडीले खासै राम्रो खेल्न सकेनन ।तर सबैले मध्यम योगदान दिए ।
बलिङ तर्फ नेपालका कमलसिंह ऐरीले ३ तथा पवन सराफले २, किशोर महतो, संसद आलम, सागर धकालले एक-एक विकेट लिए ।
जवाफमा नेपाल ४१ ओभर ३ बलमा एक सय २१ रनमा अलआउट भयो । नेपालका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा भिम सार्कीले ३० रन बनाए भने कमल ऐरीले २२ तथा आसिफ शेखले १७ रनको योगदान गरे ।
यस्तै पवन सराफले १२ रन बनाउदा बाँकि खेलाडी एकोहोरो रुपमा आउट भए ।
बलिङ तर्फ भारतका पंकज यादव र सुभंग हग्डे तीन तीन विकेट लिए ।


















